काठमाडाैं । नेकपा माओवादी केन्द्रका सांसद् देवेन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा चढाइएको सुनको जलहरीको विषयमा सदनलाई सत्यतथ्य जानकारी गराउन माग गर्नुभएकाे छ ।
साेमबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् पाैडेलले जलहरीमा भएकाे सुन जाेखिएकाे कुरा बाहिएर आएकाे भन्दै यसकाे विषयमा सदनमै जानकारी गराइनुपर्ने बताउनुभयाे ।
उहाँले भन्नुभयाे - 'पशुपतिको जलहरीको विषयमा सदनमा निकै चर्चा भयो, पत्रपत्रिका पनि चर्चा भयाे त्यहाँ भएको के हो ? आज पशुपति विकास कोष, सुरक्षा निकाय, सुनचाँदी व्यवसायी संघ, गुणस्तर तथा नापतौल विभाग, पुरातत्व विभाग, खानी तथा भूगर्भविभाग र जनप्रतिनिधिहरूले त्यहाँको सुन खोजेर जोख्दै हुनुहुन्छ भन्ने हामीले सुनेका छौं, कति सुन हराएको हो ? कति सुन बाँकी छ ? के स्थिति हो ? यो कुनै ट्रकमा ल्याएको सामग्री जोख्ने कुरा होइन, यो कुरा सत्यतथ्य सदनलाई जानकारी गराउन विशेष अनुरोध गर्न चाहन्छु ।'
पशुपतिकाे जलहरीकाे विषयमा प्रश्न उठेपछि अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगकाे टाेलीले आइतबार साँझदेखि जलहरीमा रहेकाे सुन जाेख्ने काम गरिरहेकाे छ ।
