काठमाडौं । कोशी प्रदेश सभाको तेस्रो अधिवेशन असार १४ गतेका लागि आह्वान गरिएकाे छ ।
कोशी प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुंगले साेमबार तेस्रो अधिवेशन आह्वान गर्नुभएकाे हाे । साेमबार नै बसेकाे मन्त्रिपरिषद् बैठकले असार १४ गते दिउँसो १ बजे अधिवेशन बाेलाउनका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेकाे थियाे ।
असार १४ गते बस्ने बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासकाे मत लिने तयारी गर्नुभएकाे बताइएकाे छ । माओवादी केन्द्र र जसपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले विश्वासकाे मत लिन लाग्नुभएकाे हाे ।
कोशी प्रदेश सभाको दोस्रो अधिवेशन जेठ ३१ गते अन्त्य भएकाे थियाे । त्यसकाे भाेलिपल्ट जेठ ३२ गते मुख्यमन्त्री कार्कीले अध्यादेशमार्फत बजेट ल्याउनुभएकाे थियाे ।
