काठमाडाैं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०-०८१ को बजेट संशोधन नहुने बताउनुभएकाे छ ।
साेमबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री महतले संशाेधन बिना नै बजेट पारित हुने बताउनुभयाे । उहाँले भन्नुभयाे - 'बजेट पास हुन्छ, त्यसमा दुईमत छैन, याे त्याे बुँदा संशाेधन हुँदैन ।'
स्राेत-साधनलाई ध्यान दिँदै बजेट विनियाेजन भएकाे भन्दै अर्थमन्त्री महतले बजेटमा समानता भएन भन्ने सांसद्हरुको भनाइ आफूले मागेअनुसारको नआएको भन्नेमा मात्रै सीमित रहेकाे दाबी गर्नुभयाे ।
थाेरै स्राेत साधन हुँदा पनि वास्तविकतामा बजेट आएकाे उहाँले बताउनुभयाे । विधि अनुसार नै बजेट पास हुने र मिलाउनुपर्ने कुराहरु पछि मिल्दै जाने समेत अर्थमन्त्री महतले बताउनुभयाे ।
