काठमाडाैं । अर्थमन्त्री डा. प्रकाशशरण महतले निर्वाचन आयाेगका जिल्ला कार्यालयहरु खारेज नहुने बताउनुभएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभाकाे दाेस्राे बैठकमा अर्थमन्त्री महतले निर्वाचन आयाेगकाे स्वतन्त्रतामा कुनै सम्झाैता नगरिने बताउनुभयाे ।
उहाँले भन्नुभयाे - 'निर्वाचन कार्यालयहरु जसरी रहेकाे छन् त्यसरी नै रहनेछन्, त्यसलाई अझ सबल बनाउन के प्रबन्ध गर्न सकिन्छ भन्ने कुरामा सरकार तयार छ, याे खारेजी हुँदैन, जिल्ला निर्वाचन कार्यालयहरु जसरी निर्वाचन आयाेगले राख्न चाहान्छ त्यसरी नै रहन्छ ।'
निष्पक्ष चुनाव हुनुपर्छ भन्नेमा सरकार र कांग्रेस दृढ रहेकाे अर्थमन्त्री महतले बताउनुभयाे । निर्वाचन आयाेगकाे स्वतन्त्र अस्तित्वकाे पक्षपाति आफूहरु रहेकाे दाबी पनि उहाँले गर्नुभयाे ।
बजेटमा खारेजी भन्ने शब्द राख्न नखाेजिएकाे पनि पर्न गएकाे बताउँदै अर्थमन्त्री महतले भन्नुभयाे - 'कार्यालय नै खारेजी नै भनेका थिएनाैं, तैपनि त्यहाँ खारेजी शब्द पर्न गयाे, तत्कालकाे अवस्थामा जिल्ला निर्वाचन कार्यालय खारेज गरी जिल्ला प्रशासन कार्यालयमा निर्वाचन एकाइ रहने भन्ने आशयले आएकाे हाे ।'
आर्थिक रुपमा समस्या भएकाले अनावश्यक कार्यालयहरु खारेज गर्न खाेजेकाे र साेही अनुसार २० वटा सार्वजनिक संस्थानहरु बताउनुभयाे ।
