काठमाडाैं । नेकपा माओवादी केन्द्रका सांसद् देवेन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८०-८१ का लागि सरकारले ल्याएकाे बजेट पास हुने बताउनुभएकाे छ ।
संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद् पाैडेलले बजेट बहुमतले पारित हुने बताउनुभयाे । उहाँले भन्नुभयाे - 'बहुमतकाे सरकार हाे, बहुमत रहिरहँदासम्म सरकार रहन्छ, बजेट पारित हुन्छ ।'
बजेटका विषयमा कानुनी हिसाबले मिलेसम्म आवश्यक विषय सच्चाउन सक्ने र संशोधन पनि गर्न सकिने सांसद् पाैडेलले बताउनुभयाे । निर्वाचन आयाेगका विषयमा अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रष्ट पार्नुभएकाे भन्दै उहाँले यसलाई बजेट संशाेधन भन्न नमिल्ने पनि बताउनुभयाे ।
प्रतिपक्षले सरकारले नैतिकता गुमायाे भन्नु स्वभाविक रहेकाे उहाँकाे भनाइ छ ।
