काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विकासको तुफान आइसक्यो भनेर आफूले नभनेको बताउनुभएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठकमा सांसद्हरुले उठाएका प्रश्नकाे जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले अहिले भइरहे जसरी काम अगाडि बढ्ने हाे भने विकासकाे तुफान चाँडै आउन सक्ने पनि दाबी गर्नुभयाे ।
एमालेका प्रमुख सचेतक पदम गिरीकाे प्रश्नकाे जवाफ दिँदै उहाँले विकासकाे तुफान आयाे भनेर आफूले नभनेकाे तर सबैले दृढ इच्छा शक्तिसाथ सुशासन र विकासका निम्ति काम गर्ने हो भने असम्भव भने नभएकाे बताउनुभयाे ।
प्रधानमन्त्री प्रचण्डले भन्नुभयाे - 'विकासकाे तुफान आयाे भनेकै हाेइन, सुशासन र विकासका निम्ति काम गर्ने हाे भने असम्भव छैन भनेकाे हाे, तुफान आइसकेकाे छैन, त्रिदेशीय साझेदारी १० हजार मेगावाट १० वर्षमा या अरु थुप्रै काम जसरी सुरु भएका छन्, ती अगाडि जाने हाे भने तुफान आउन सक्छ छिट्टै ।'
