काठमाडाैं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले जिल्ला निर्वाचन कार्यालय खारेज नगर्ने भन्ने प्रतिबद्धता नसमेटि विनियाेजन विधेयक, २०८० निर्णयार्थ प्रस्तुत हुन नसक्ने बताउनुभएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठकमा समय लिएर बाेल्दै सांसद् गिरीले मंगलबार अर्थमन्त्री डा. प्रकाशशरण महतले जनाउनुभएकाे प्रतिबद्धता कार्यान्वयन गर्दै बजेट संशाेधन नगरी निर्णयार्थ पेस गर्न नसकिने बताउनुभयाे ।
एमाले लगायत प्रतिपक्षी दलले विराेध गरेपछि अर्थमन्त्री डा. प्रकाशशरण महतले जिल्ला निर्वाचन कार्यालय खारेज नहुने बताउनुभएकाे स्मरण उहाँले गराउनुभयाे । अर्थमन्त्रीले भनेकाे कुरालाई नसमेटि विनियाेजन विधेयक, २०८० निर्णयार्थ पेस हुनै नसक्ने गिरीले बताउनुभयाे ।
