काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले बजेट पारितका लागि मत विभाजनको माग गरेको छ ।
बुधवार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले विनियोजन विधेयक बहुमतले पारित भएको घोषणा गरेपछि एमालेले मतविभाजन माग गरेको हाे ।
सभामुख देवराज घिमिरेले बजेटको पक्षमा बहुमत रहेको भन्दै विनियाेजन विधेयक ध्वनी मतले पारित भएको घोषणा गर्नुभएकाे थियाे ।
त्यसपछि एमालेका सचेतक महेश बर्तौलालले मत विभाजनमा जान माग गर्नुभयाे । सभामुखले अहिले मतदानको प्रक्रिया सुरु गराउनुभएकाे छ ।
