काठमाडौं । प्रतिनिधि सभाबाट विनियाेजन विधेयक, २०८० बहुमतले पारित भएको छ ।
बुधवार बसेको प्रतिनिधि सभाकाे दाेस्राे बैठकमा भएको मतविभाजनमा विधेयक बहुमतले पारित भएको हो ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले पेस गर्नुभएकाे विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्तावकाे पक्षमा १४७, विपक्षमा १०८ र मत दिन्नँ वा तटस्थमा शून्य मत परेको सभामुख देवराज घिमिरेले घोषणा गर्नुभयाे । मतदानमा २५५ जना सांसद् सहभागी भए ।
सभामुख घिमिरेले विनियाेजन विधेयक ध्वनी मतले पारित भएको घोषणा गरेपछि एमालेले मत विभाजन माग गरेकाे थियाे ।
