काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमाथि संसद्काे विश्वास घट्दै गएकाे बताउनुभएकाे छ ।
विनियाेजन विधेयक, २०८० पारित भएपछि प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले ओलीले ९९ दलमशलव ९९ प्रतिशत समर्थन रहेको सरकारको समर्थन घटेर ५३ प्रतिशतमा झरेकाे बताउनुभयाे ।
बजेट पारित हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि आफूहरु प्रक्रियामा गएकाे समेत उहाँले बताउनुभयाे । सत्तारुढ दलहरुसँग बहुमत भएकाले बजेट पारित हुनुलाई आफूहरुले स्वभाविकै रुपमा लिएको अध्यक्ष ओलीकाे भनाइ थियाे ।
बुधबार प्रतिनिधि सभाले पहिलो पटक मत विभाजनमार्फत बजेट पारित गरेकाे छ । एमालेकाे माग अनुसार सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावली अनुसार मत विभाजन गर्नुभएकाे हाे ।
