काठमाडाैं । प्रतिनिधि सभा बैठक १० मिनेटका लागि स्थगित भएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभाकाे दाेस्राे बैठकमा राष्ट्रऋण उठाउने विधेयक, २०८० माथि विचार गरियाेस् भन्ने प्रस्ताव प्रस्तुत गर्नै लाग्दा गणपुरक संख्या नपुगेपछि बैठक १० मिनेटका लागि स्थगित भएकाे हाे ।
सभामुख देवराज घिमिरेल साे विधेयकमाथि विचार गरियाेस् भन्ने प्रस्ताव पेस गर्न अर्थमन्त्री डा. प्रकाशशरण महतलाई समय दिनै लाग्दा एमाले सांसद् ठाकुर गैरेले गणपूरक संख्या एकिन गर्न माग गर्नुभयाे । त्यसपछि गणना गर्दा ६७ जना मात्र सांसद् उपस्थित भएपछि सभामुख घिमिरेले बैठक १० मिनेटका लागि स्थगित गर्नुभयाे । साे प्रस्ताव निर्णयार्थ पेस गर्न ७९ जना सांसद् हुनुपर्नेमा ६७ जना मात्रै उपस्थित थिए ।
कुनै पनि प्रश्न या प्रस्ताव निर्णयार्थ पेस गर्दा प्रतिनिधि सभाकाे एक चाैथाइ हुनुपर्ने संवैधानिक व्यवस्था छ ।
