काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले ल्याएकाे बजेटले मुलुकको आर्थिक समस्या समाधान गर्न नसक्ने बताउनुभएको छ ।
बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानले बजेटले आर्थिक समस्या समाधान गर्न नसक्ने बताउनुभयाे ।
बजेटमा आय र व्ययको तालमेल नलिमेको हुनाले रास्वपा बजेटको विपक्षमा उभिएको उहाँले बताउनुभयाे । जनताले सरकारमा नबस्न सुझाव दिएकाले आफूहरु रचनात्मक प्रतिपक्षमा बसेको सभापति लामिछानेले बताउनुभयाे । प्रतिपक्षमा बसेपनि सरकारको राम्रो कामको समर्थन र नराम्रा कामको विरोध गरिरहने उहाँकाे भनाइ थियाे ।
