काठमाडाैं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाललाई प्याजमा पनि आत्मनिर्भर बनाउनका लागि मूल्य अभिवृद्धि कर (भ्याट) को व्यवस्था गरिएको बताउनुभएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभाकाे दाेस्राे बैठकमा आर्थिक विधेयक, २०८० माथि विचार गरियोस भन्ने प्रस्ताव माथिको छलफलमा सांसद्हरुले उठाएका प्रश्नकाे जवाफ दिँदै उहाँले आलुमा मुलुक आत्मनिर्भरतातर्फ उन्मुख भएको भन्दै प्याजमा पनि आत्मनिर्भर बनाउनको लागि भ्याटको व्यवस्था गरिएकाे बताउनुभयाे ।
'मुलुक आलुमा आत्मनिर्भरतातर्फ अघि बन्दै गएको छ, प्याजमा पनि आत्मनिर्भरतर्फ जानैपर्छ, त्यसो हुनाले हामीले मूल्य अभिवृद्धिकर भ्याटमार्फत आलु प्याजलाई आत्मानिर्भरता लैजान खोजेको हो'- अर्थमन्त्री महतले भन्नुभयाे ।
आलु प्याजमा लगाएको भ्याटले नेपाली उत्पादकहरुलाई हौसला दिने दाबी पनि उहाँले गर्नुभयाे । मुलुकभित्रका सानाऔसाना उत्पादन गर्नेहरुलाई यो भ्याट नलाग्ने अर्थमन्त्री महतले बताउनुभयाे ।
