काठमाडाैं । काेशी प्रदेश सभाकाे तेस्राे अधिवेशनकाे पहिलाे बैठक आज बस्दैछ ।
प्रदेश सभा भवन विराटनगरमा दिउँसाे १ बजे बस्ने बैठकमा मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासकाे मत लिनुहुने कार्यसूची छ । नेकपा माओवादी केन्द्र र जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले विश्वासकाे मत लिन लाग्नुभएकाे हाे ।
यद्यपि उहाँकाे पक्षमा बहुमत पुग्ने-नपुग्ने र नपुगे के हुने भन्ने अन्याैल छ । किनकी मुख्यमन्त्री कार्कीले विश्वासकाे मत नपाए गठबन्धन दललाई पनि सरकार बनाउन अप्ठेराे छ ।
९३ सदस्यीय कोशी प्रदेश सभामा मुख्यमन्त्री कार्कीलाई नेकपा एमालेका ४० र राप्रपाका ६ गरी ४६ जना प्रदेश सभा सदस्यको समर्थन छ । तर सरकार टिकाइराख्न ४७ सदस्यको समर्थन चाहिन्छ ।
गठबन्धन दलमा नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका (सभामुख बाबुराम गौतम गाैतमसहित) १३, एकीकृत समाजवादीका ४ र जसपाका १ गरी ४७ सदस्य छन् ।
दुवैतर्फ बराबरी मत भएको अवस्थामा बाहेक सभामुखले मतदान गर्न पाउँदैनन् ।
