काठमाडौंं । कोशी प्रदेश सभामा नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईले नेकपा एमाले छाडेर आफूहरूलाई बाहिर जान मन नभएको बताउनुभएको छ ।
मुख्यमन्त्रीले विश्वासको मत मागेपछि बिहीबार प्रदेश सभामा बोल्दै बोल्दै राईले एमालेले पेलेको कारण अहिले मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिने अवस्था नरहेको बताउनुभयो । ‘विश्वासको मतको समर्थन होइन घ्वाप्पै पार्टी मिलाउन मन लागेको छ, यो पार्टी हामीलाई छोड्न मन लागेकै थिएन, सपनामा पनि त्यही पार्टीका नाममा भाषण गरेको देखिन्छ’, उहाँले भन्नुभयो ।
आफूहरूलाई नेकपा एमाले छाड्न मन नभए पनि बाध्यतावश पार्टी छाड्नु परेको उहाँले बताउनुभयो । आफूहरूलाई एमालेबाट खेदिएको र पेलिएको भन्दै उहाँले गुनासो गर्नुभयो । भोट चाहिने बेला मात्र माया गर्न अघि पछि पेल्ने गरेकाले मुख्यमन्त्रीलाई विश्वासको मत दिन नसकिने उहाँले बताउनुभयो ।
