काठमाडाैं । कोशी प्रदेश सभा बैठक शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित भएकाे छ ।
बिहीबार प्रदेश सभा बैठकमा मुख्यमन्त्री हिक्मत कार्कीले राख्नुभएकाे विश्वासकाे मत माग्ने प्रस्तावमाथि छलफल भएपछि आधा घण्टाका लागि स्थगित भएकाे बैठक भाेलिका लागि सारिएकाे हाे ।
कोशी प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै बिहीबार राति ८ बजे बस्ने भनिएको बैठक भोलि बस्ने जानकारी दिएको हो ।
