काठमाडौं । विनियोजन विधेयक, २०८० राष्ट्रिय सभामा पेस भएकाे छ ।
शुक्रबार बसेकाे राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले साे विधेयक प्रस्तुत गर्नुभएकाे हाे ।
आर्थिक वर्ष २०८०-०८१ को सेवा र कार्यका लागि संघीय सञ्चित कोषबाट रकम खर्च गर्नेसम्बन्धी अधिकार दिन सो रकम विनियोजन गर्न बाञ्छनीय हुने भएकाले प्रस्तुत विधेयक राष्ट्रिय सभामा पनि पेस गरेको अर्थमन्त्री महतले बताउनुभयाे ।
त्यसअघि राष्ट्रिय सभाका सचिव सुरेन्द्र अर्यालले विनियोजन विधेयक, २०८० को सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गर्नुभएकाे थियाे ।
