काठमाडाैं । शनिबार ६५औँ संसद् दिवस मनाइँदै छ ।
२०१६ साल असार १६ गते नेपालको पहिलो संसद्को बैठक बसेको सम्झनामा यो दिवस मनाउन लागिएको हो । दिवसकाे अवसरमा पूर्व सांसद् मञ्चले संसद् भवन नयाँ बानेश्वरमा कार्यक्रम गर्दैछ ।
नेपालको पहिलो संसद्को पहिलो बैठक राति ११ बजेर ४५ मिनेटको साइत पारी बोलाइएकामा सभा प्रारम्भ भने ठिक मध्यरात १२ बजे सिंहदरबारस्थित ग्यालरी बैठकमा बसेको इतिहास छ ।
आज नै संसदीय मामिला पत्रकार समाजको आठौँ अधिवेशन सुरु हुँदैछ ।
