काठमाडाैं । उपसभामुख इन्दिरा रानाले सबै राजनीतिक दलहरु मिलेर देशको आर्थिक विकास गर्नुपर्ने बताउनुभएकाे छ ।
६५औं संसद् दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सकारात्मक सोचसाथ सबै दलहरु मिलेर देशको आर्थिक विकाससँगै समृद्ध नेपाल निर्माण गर्नुपर्ने बताउनुभयाे ।
हरेक क्षेत्रमा सुशासन र पारदर्शिता हुन जरुरी रहेकाे उपसभामुख रानाले बताउनुभयाे । संसद्मा उपसभामुखको फोटो नराखेकोप्रति असन्तुष्टि जनाउँदै उहाँले उपसभामुखलाई संसद्मा हेपिएकाे समेत बताउनुभयाे ।
