काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दैछ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा आर्थिक विधेयक, २०८० माथि छलफल हुनेछ । त्यसपछि सभामुख देवराज घिमिरेले सो विधेयकमाथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गर्नुहुनेछ ।
बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक विधेयक, २०८० पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
अर्थमन्त्री महतले राष्ट्र ऋण उठाउने विधेयक, २०८० माथिको दफावार छलफल सदनमा गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । सो राष्ट ऋण उठाउने विधेयकमाथि प्राप्त संशाेधनहरुलाई निणयार्थ प्रस्तुत गरिनेछ सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस हुनेछ ।
