काठमाडाैं । नेकपा माओवादी केन्द्रका सांसद् माधव सापकोटाले अन्तिम परेपछि काम गर्ने कार्यशैली बदल्नुपर्ने बताउनुभएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभाको दोस्रो बैठकमा मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उहाँले विधेयकहरूलाई बास्केटमा राखेर रोस्टरमा राख्ने तथा चेक लिस्ट बनाएर समयमै निर्माण गर्नुपर्ने बताउनुभयाे ।
आजकाे समाज विकासक्रम, विज्ञान-प्रविधि र आजकाे परिस्थिति अनुसार कानुन बनाउनुपर्ने भन्दै सांसद् सापकाेटाले विधेयक बनाउने र पारित गर्ने अहिलेको परिपार्टीलाई पनि परिवर्तन गर्नुपर्ने बताउनुभयाे । उहाँले भन्नुभयाे - 'हामी अन्तिम परेपछि काम गर्ने जे हाम्राे कार्यशैली छ, यसलाई बदलौं र विधेयकहरूलाई बास्केटमै राखेर रोस्टर बनाएर तत्काल विज्ञान प्रविधिको विकास र समाज विकासको क्रमअुनसार के-के विधेयकहरू आवश्यक हुन् भन्ने कुराकाे चेक लिस्ट बनाएर काम गरौं ।'
मिटरब्याज पीडितका समस्या सम्बाेधन गर्न अध्यादेशमार्फत भएपनि कानुन ल्याउने सरकारकाे कदम स्वागतयाेग्य रहेकाे बताउनुभयाे ।
