काठमाडौं । प्रतिनिधि सभा सदस्य रामहरि खतिवडाले मिटरब्याजीको संरक्षण स्वयम् सरकारले गरिरहेको बताउनुभएको छ ।
आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै खतिवडाले बैँकले ब्याज नदिएको कारण सर्वसाधारणले साहु महाजनबाट पैसा लिनु परेको बताउनुभयो । त्यसरी लिएको पैसाको कतिसम्म ब्याज लिन पाउने भन्ने कानुन बनाउनु पर्ने उहाँले बताउनुभयो ।
बैँकले लगाएको ऋणमा समेत समयमा ब्याज नतिरे ब्याजको स्याज लिने र त्यो स्याज पनि सावामा नै गाभ्ने गरेको तर्फ उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो । ‘बैँकको ब्याज तिर्न नसकेर मानिस मरिरहेका छन्, त्यस बारेमा सरकारले के गर्ने यसमा स्पष्ट नीति ल्याउनु पर्छ’, उहाँले भन्नुभयो ।
कहिलेकाहीँ सरकारको नीतिको कारण पनि मानीहरूलाई समस्या पर्ने गरेको उहाँले बताउनुभयो । मिटरब्याजीले भन्दा ठुला ठुला अपराधको कम समेत सरकारको तर्फबाट भएको उहाँको भनाइ छ ।
गाउँ घरका घर ब्यवहारका लेनदेनलाई फौज्दारी मुद्दा लगाउने काम गरेर डण्डा लगाएर समस्या समाधान नहुने उहाँले बताउनुभयो । माथिल्लो लेबलकाले पनि कसले के गरेको छ भन्ने कुरा हेर्नु पर्नेमा उहाँले जोड दिनुभयो ।
