काठमाडौं । 'राष्ट्र ऋण उठाउने विधेयक, २०८० विधेयक प्रतिनिधि सभाबाट पारित भएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठकले साे विधेयक बहुमतले पारित गरेको हाे । बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
सभामुखले साे प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दै बहुमतले पारित भएकाे घाेषणा गर्नुभयाे ।
त्यसअघि आज नै विधेयककाे सैद्धान्तिक पक्षमा छलफलमा थियाे । विधेयकमाथि सांसदद्वय प्रेम सुवाल र सुमना श्रेष्ठले संशाेधन प्रस्ताव प्रस्तुत गर्नुभएकाे थियाे । दुवै संशोधन प्रस्ताव बैठकबाट बहुमतले अस्वीकृत भएकाे थियाे ।
प्रतिनिधि सभाको अर्को बैठक असार २० गते बुधबार दिउँसो ३ बजे बस्नेछ ।
