काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशको नामाकरणबाट एमाले पछि नहट्ने स्पष्ट पार्नुभएको छ ।
संघीय संसद् भवन परिसर नयाँ बानेश्वरमा आइतबार सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष ओलीले कोशी प्रदेशको नामाकरणबाट अन्य दल पछि हटेपनि एमाले पछि नहट्ने बताउनुभयाे ।
कोशी नामाकरणकाे मत दिने एमाले बाहेक सबै दलहरु अहिले पछि भागेकाे भन्दै उहाँले एमाले कुनै हालतमा पछि नहट्ने बताउनुभयाे । अध्यक्ष ओलीले भन्नुभयाे - 'नामांकरणकाे विषयमा हाम्राे माननीयहरुलाई आक्रमण भइराखेकाे छ, हाम्राे ४० काे संख्या छ ८६ ले पास गरेकाे हाे, कांग्रेस कहाँ गयाे ? माओवादी कहाँ गयाे ? जसपा कहाँ गयाे ? सबै भागे हाेइन ? हाम्राे पार्टी भाग्दैन ।'
