काठमाडाैं । नेपाल विश्वविद्यालय विधेयक, २०७९ राष्ट्रिय सभाबाट पारित भएको छ ।
सोमबार बसेको राष्ट्रिय सभा बैठकले साेध विधेयक बहुमतले पारित गरेकाे हाे । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले सो विधेयक पारित गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्नुभएकाे थियाे ।
आजकाे बैठकमा विनियाेजन विधेयक, २०८० अन्तर्गत वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, सहरी विकास मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफल भएकाे छ ।
राष्ट्रिय सभाको अर्को बैठक भाेलि बस्नेछ ।
