काठमाडौं । राष्ट्रिय सभा बैठक आज बस्दैछ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेर १ मिनेटमा बस्ने बैठकमा राष्ट्रिय सभा सचिव डा. सुरेन्द्र अर्यालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० टेबुल गर्ने सम्भावित कार्यसूची छ।
बैठकमा विनियोजन विधेयकका विभिन्न मन्त्रालय शीर्षकमा छलफल हुने सम्भावित कार्यसूची रहेकाे पनि संसद् सचिवालयले जनाएकाे छ ।
बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा सामान्य प्रशासन र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय शीर्षकमा विनियोजित बजेटमाथि छलफल हुनेछ ।
