काठमाडाैं । राष्ट्रिय सभाकाे बैठक आज पनि बस्दैछ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो साढे २ बजे बस्ने बैठकमा विनियोजन विधेयक, २०८० माथि मन्त्रालयगत छलफल हुने संसद् सचिवालयले जनाएकाे छ ।
आजको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र खानेपानी मन्त्रालयमाथि छुट्याइएकाे बजेटमाथि छलफल हुनेछ ।
