काठमाडाैं । राष्ट्रिय सभा बैठक स्थगित भएकाे छ ।
संघीय संसद् सचिवालयले आजै अपरान्ह ४ बजेर ४६ मिनेटमा बस्ने भनिएकाे बैठक विशेष कारणबस बिहीबार दिउँसाे १ः०१ बजे बस्नेगरी तय गरिएकाे सूचनामार्फत जानकारी दिएकाे छ ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेकाे अवराेधपछि आधा घण्टाका लागि स्थगित भएकाे बैठक अपरान्ह ४ बजेर ४६ मिनेटमा बस्ने सूचना संसद् सचिवालयले निकालेकाे थियाे । तर साे अवधिमा पनि बैठक बस्न नसेपछि बिहीबार दिउँसाे १ः०१ बजे बस्नेगरी समय निर्धारण गरिएको भन्दै संसद् सचिवालयले अर्काे सूचना निकालेकाे हाे ।
आज बैठक सुरु भएलगत्तै एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे अभिव्यक्ति आपत्तिजनक रहेकाे बताउनुभयाे । प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने भन्दै उहाँले प्रधानमन्त्रीकाे राजीनामा नआएसम्म बैठक अघि बढ्न नसक्ने बताउनुभयाे ।
त्यसपछि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक आधा घण्टाका लागि स्थगित गर्नुभएकाे थियाे ।
