काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे जवाफ नभई राजीनामा चाहिएको बताउनुभएको छ ।
बुधबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्रीले प्रचण्डले राष्ट्रिय स्वाभिमान र स्वाधीनता गिराउने अभिव्यक्ति दिएकाले उहाँले राजीनामा दिनुपर्ने बताउनुभयाे ।
उहाँले भन्नुभयाे - 'प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय स्वाभिमान र स्वाधीनता गिराउने खालको अशोभनीय र आपत्तिजनक रह्यो, अब हामीलाई उहाँको जवाफ होइन राजीनामा चाहियो, उहाँबाट सारै भएन ।'
आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह सरदार धेरै पटक दिल्ली गएको भन्ने प्रचण्डकाे असार १८ गतेकाे अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमालेले उहाँकाे राजीनामा मागेकाे हाे । साेही विषयलाई लिएर एमालेले बुधबार संघीय संसद्का दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक अवरुद्ध पारेकाे छ ।
