काठमाडौं । प्रतिनिधि सभाको बैठक बिहीबार दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ ।
नेकपा एमालेको अवरोधका कारण आधा घण्टाका लागि स्थगित भएकाे बैठक बिहीबार दिउँसो २ बजेका लागि तय गरिएकाे संघीय संसद् सचिवालयले सूचनामार्फत जानकारी दिएकाे छ ।
एमालेको अवरोधपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए । तर पुनः बैठक सञ्चालन गर्ने विषयमा दलहरुबीच सहमति नजुटेपछि बिहीबारसम्मका लागि बैठक स्थगित गरिएको हो ।
राष्ट्रिय सभा बैठक पनि भाेलिसम्मका लागि स्थगित भएकाे छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रितम सिंह धेरै पटक दिल्ली गएको भनी असार १८ गते दिएको अभिव्यक्तिलाई लिएर एमालेले संघीय संसद्का दुवै सदनकाे बैठक अवरोध गरेको हाे ।
