काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद् विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे अभिव्यक्ति गलत रहेकाे बताउनुभएकाे छ ।
बुधबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद् शर्माले भन्नुभयाे - 'प्रधानमन्त्रीले हिजाे जे बाेल्नुभयाे त्याे आलाेच्य छ, आलाेचनाका लागि याेग्य छ, उहाँले गलत बाेल्नुभएकाे छ ।'
प्रधानमन्त्रीले नेपालकाे राष्ट्रिय सम्मानलाई अभिवृद्धि गर्ने कुरा गर्नुपर्नेमा विवादास्पद अभिव्यक्ति दिन नमिल्ने उहाँले बताउनुभयाे । 'प्रधानमन्त्री संसद्काप्रति राख्ने सम्मान, नेपालकाे संसदीय परिपार्टी, नेपालकाे संसद्काे गरिमा अभिवृद्धि गर्ने कुरा, नेपालकाे राष्ट्रिय सम्मानलाई अभिवृद्धि गर्ने कुरा र नेपालकाे राष्ट्रिय सम्मानकाे प्रतिनिधित्व गर्ने कुरा देशकाे प्रधानमन्त्रीले गर्नुपर्छ'- सांसद् शर्माले भन्नुभयाे ।
आजकाे बैठकमा मिटरब्याज पीडितका लागि ल्याइएकाे विधेयक पारित गर्ने कार्यसूची रहेकाे कुरालाई ख्याल गर्दै प्रमुख प्रतिपक्षले विराेध गर्न नहुनेमा त्यसाे हुन नसकेकाे उहाँले बताउनुभयाे । प्रधामन्त्रीले बाेल्दा र प्रतिपक्षले सदन अवराेध गर्दा हेक्का नराखेकाे सांसद् शर्माले बताउनुभयाे । जसका कारण अध्यादेश नै निष्क्रिय बन्न पुगेकाे उहाँकाे भनाइ थियाे ।
