काठमाडाैं । नेकपा माओवादी केन्द्रका नेता एवं ऊर्जा जलस्राेत तथा सिंचाईमन्त्री शक्ति बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे राजीनामा माग्नु गलत भएकाे बताउनुभएकाे छ ।
संघीय संसद् भवन परिसरमा बुधबार सञ्चारकर्मीसँग कुरा मन्त्री बस्नेतले प्रधानमन्त्रीकाे अभिव्यक्तिको आशय नबुझी राजीनामा माग्नु र सदन अवरुद्ध गर्नु संसदीय मर्यादा विपरित रहेको बताउनुभयाे । अभिव्यक्तिको आशय बुझ्न संसद्ले आवश्यक ठाने प्रधानमन्त्रीसँग बुझ्ने अधिकार संसद्ले राख्ने भएपनि आशय नै नबुझी राजीनामा माग्नु र संसद अवरुद्ध गर्नु गलत भएकाे उहाँले बताउनुभयाे ।
संसदीय प्रक्रियालाई नै छाडेर संसद् अवरुद्ध गर्नु उचित नभएको समेत मन्त्री बस्नेतले बताउनुभयाे । प्रधानमन्त्रीले आफ्नो कुरा नभनेको र प्रीतम सिंहले ठीक गर्नुभयो भनेर नभनेको भन्दै उहाँले यसलाई अतिरञ्जित गर्न आवश्यक नरहेको बताउनुभयाे । व्यक्तिगत रुची र शुभेच्छालाई लिएर विवाद गनुपर्ने कारण नै नरहेको मन्त्री बस्नेतकाे आराेप छ ।
