काठमाडौं । वाग्मती प्रदेश सभा बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे बोलाइएको छ ।
आर्थिक वर्ष २०८०/०८१ को विनियोजन विधेयकमाथि आज पनि छलफल हुने छ । यस अघि बजेट एकलौटी गरेको भन्दै प्रतिपक्षले बैठक अवरुद्ध गर्दै आएका थिए । प्रतिपक्ष दलले दिएका सुझावका आधारमा बजेट तथा कार्यक्रम संशोधन गर्ने सरकारले प्रतिबद्धता जनाएपछि बैठक सुचारु भएको छ ।
आजको बैठकमा बजेट माथि उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ ।
