काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दैछ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा मध्यान्ह १२ बजेर २९ मिनेटमा बस्ने बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले ‘विद्युतीय व्यापार विधेयक, २०८० पेस गर्नुहुने सम्भावित कार्यसूची छ ।
बैठकमा विनियोजन विधेयक २०८० माथि मन्त्रालयगत रूपमा छलफल हुनेछ । आजकाे बैठकमा गृह मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयका लागि छुट्टाइएको बजेटमाथि छलफल हुनेछ ।
यसअघि प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका कारण बुधबार र बिहीबारकाे बैठक स्थगित भएको थियो । आज पनि सदन चल्न नदिने एमालेकाे रणनीति छ ।
आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रितम सिंह धेरै पटक दिल्ली गएकाे भन्ने प्रधानमन्त्रीकाे अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमालेले बुधबार र बिहीबार सदन सदन अवरुद्ध गरेकाे थियाे ।
