काठमाडाैं । नेकपा माओवादी केन्द्रका सचिव तथा सांसद् देवेन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे राजीनामा माग्नुकाे कुनै औचित्य नरहेको बताउनुभएको छ ।
शुक्रबार नयाँबानेश्वरस्थित संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँगग कुरा गर्दै सांसद् पौडेलले एमाले लगायत दलको समर्थनमा नै प्रचण्ड प्रधानमन्त्री बनेको बताउनुभयाे । आफ्नै समर्थनमा बनेकाे प्रधानमन्त्रीलाई अहिले अभिव्यक्तिका आधारमा राजीनामा माग्नु अनुचित भएकाे उहाँले बताउनुभयाे ।
कुनै लेखकले लेखेको कुरालाई प्रधानमन्त्रीले अभिव्यक्त गर्दा एमालेले जनतामा भ्रम छर्न खोजेको र आफू मात्रै राष्ट्रवादी हो भन्ने देखाउन खोजेको सांसद् पाैडेलले बताउनुभयो । प्रधानमन्त्री पद चाहिएको भए बहुमत देखाउन समेत एमालेलाई उहाँले चुनाैती दिनुभयाे ।
