काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे अभिव्यक्तिलाई लिएर नेकपा एमालेले आइतबार पनि राष्ट्रिय सभा बैठकमा अवराेध गरेकाे छ ।
बैठक सुरु हुनासाथ समय लिएर बाेल्दै एमाले सांसद् भगवति न्याैपानेले प्रधानमन्त्रीकाे जवाफ नभएर एमालेलाई उहाँकाे राजीनामा चाहिएकाे बताउनुभयाे ।
राष्ट्रहित विपरीतकाे अभिव्यक्ति दिने प्रधानमन्त्री प्रचण्डले पदमा बस्ने अधिकार गुमाइसक्नुभएकाे भन्दै उहाँले प्रधानमन्त्रीकाे राजीनामा नआउँदासम्म सदन अगाडि बढ्न नसक्ने बताउनुभयाे । राष्ट्रियता र स्वाधिनता विरुद्ध यसअघि पनि प्रधानमन्त्रीले यस्ता धेरै अभिव्यक्ति दिएकाे सांसद् न्याैपानेले बताउनुभयाे ।
सदनले हाेइन छिमेकीले प्रधानमन्त्री बनाउने हाे भनेर प्रधानमन्त्री प्रचण्डले संसद्काे अपमान गरेकाे भन्दै आपत्ति जनाउनुभयाे ।
