काठमाडौं । राष्ट्रिय सभा बैठक आज पनि अवरुद्ध भएको छ ।
नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गर्दै विरोध जनाए पछि बैठक अवरुद्ध भएको हो ।
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक सुरु भएको घोषणा गर्नुभए गराए लगत्तै एमाले सांसदहरूले बोल्न समय मागेका थिए । तिमिल्सिनाले भगवती न्यौपानेलाई समय दिनुभए पछि प्रधानमन्त्रीले राष्ट्रियता र राष्ट्रिय सार्वभौमसत्ता विपरीत अभिव्यक्त दिनुभएकोले उहाँले राजीनामा दिनु पर्ने माग गर्नुभएको थियो ।
त्यसपछि एमाले सांसदले आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए । सांसद्हरुलाई बैठक सञ्चालनका लागि अध्यक्षले सहयोग गर्न आग्रह गर्नुभएको भए पनि सांसदहरू आफ्नो ठाउँमा नबसेपछि अध्यक्षले बैठक स्थगित गर्नुभएको छ ।
