काठमाडाैं । नेकपा एमालेका सांसद् याेगेश भट्टराईले सरकार सदनप्रति जिम्मेवार नभएकाे बताउनुभएकाे छ ।
सिंहदबारमा आइतबार बसेको प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति बैठकमा बाेल्दै सांसद् भट्टराईले संसद् र समिति चलाउने कुरामा सरकार जिम्मेवार नभएकाे बनाउनुभयाे । सदनलाई बिजनेश दिने कुरामा पनि सरकार जिम्मेवार नदेखिएको उहाँकाे भनाइ थियाे ।
पछिल्लो ६ महिनाको अवधिमा सदन राम्रोसँग सञ्चालन हुन नसकेको भन्दै सांसद् भट्टराईले सरकार सदनप्रति उत्तरदायी हुन नसकेकाे बताउनुभयाे । समिति प्रभावबिहीन होस् भन्ने सरकारकाे चाहना देखिएको समेत उहाँले बताउनुभयाे । समिति बनेकाे लामाे समय हुँदा पनि नेतृत्व चयन हुन नसक्नु दु:खद पक्ष रहेकाे सांसद् भट्टराईले बताउनुभयाे ।
समितिको वार्षिक क्यालेण्डर बनाएर महत्वपूर्ण विषयको सूची बनाएर नै छलफल गर्नुपर्ने उहाँले बताउनुभयाे । समितिले दिएका निर्देशनहरुलाई सबैले बिनाशर्त कार्यान्वयन गराउने अवस्था सिर्जना गर्नुपर्ने सांसद् भट्टराईले बताउनुभयो । समितिका निर्देशन कार्यान्वयन गर्न प्रधानमन्त्रीलाई नै समितिमा बोलाएर प्रतिबद्धता लिनुपर्ने समेत उहाँले बताउनुभयाे ।
बजेट बनाउने तथा नीति तथा कार्यक्रम ल्याउने कुरा ठूलाे नभएकाे पनि सांसद् भट्टराईले बताउनुभयाे ।
