काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिनुपर्ने बताउनुभएकाे छ ।
साेमबार बसेकाे प्रतिनिधि सभा बैठकमा बाेल्दै अध्यक्ष लिङ्देनले नैतिकता जीवित भए प्रधानमन्त्री प्रचण्डले राजीनामा दिनुपर्ने बताउनुभयाे । प्रधानमन्त्री प्रचण्डले दिएकाे अभिव्यक्ति राष्ट्रहित विपरीत भएकाे भन्दै उहाँले नैतिकता बाँकी रहेको भए प्रधानमन्त्रीले सत्तामा बसिरहन मिल्दै नमिल्ने बताउनुभयाे ।
तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङले बोली चिप्लिँदा राजीनामा दिएको समेत अध्यक्ष लिङ्देनले स्मरण गराउनुभयाे ।
