काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मिटरब्याज सम्बन्धी विधेयकलाई नयाँ ढंगले अघि बढाइने बताउनुभएको छ ।
सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री शर्माले मिटरब्याजसम्बन्धी अध्यादेश शून्यको अवस्थामा पुगेको भन्दै यसलाई अब नयाँ ढंगले अघि बढाइने बताउनुभयाे । यसको प्रक्रिया असार २९ गते बस्ने प्रतिनिधि सभा बैठकबाट नै सुरु हुने उहाँले बताउनुभयाे ।
अन्य विधेयकहरुलाई पनि साेही अनुसार अगाडि बढाइने मन्त्री शर्माले बताउनुभयाे । अवरुद्ध संसद् आज खुलेकाे भन्दै उहाँले अब राष्ट्रिय सभा बैठक पनि सहज रुपमा चल्ने र बजेट पारित हुने बताउनुभयाे । मन्त्री शर्माले अहिले संसद् खुलाउने नै महत्वपूर्ण बिषय भएको र प्रतिपक्षीले उठाएको विषयलाई प्रधानमन्त्रीले स्पष्ट पार्नुभएको बताउनुभयो ।
