काठमाडाैं । 'विद्युतीय व्यापार विधेयक, २०८०' राष्ट्रिय सभामा पेस भएकाे छ ।
मंगलबार बसेकाे राष्ट्रिय सभा बैठकमा उद्याेग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले साे विधेयक सभासमक्ष पेस गर्नुभएकाे हाे ।
विधेयक पेस गर्नुअघि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विधेयकमाथि कुनै संशाेधन प्राप्त नभएकाे सभालाई जानकारी गराउनुभएकाे थियाे ।
जेठ २४ गते बसेकाे मन्त्रिपरिषद् बैठकले विद्युत व्यापारसम्बन्धी साे विधेयक संघीय संसद्मा पेस गर्ने निर्णय गरेकाे थियाे ।
