काठमाडौं । महोत्तरीको भंगहा नगरपालिका–४ का वडाध्यक्ष गणेश महतोलाई प्रहरीले पक्राउ गरेको छ ।
बहुविवाह आरोपमा महतोलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । महतोकी जेठी श्रीमती ललितादेवी महतोले मंगलबार दिएको जाहेरीको आधारमा वडाध्यक्ष महतोलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
वडाध्यक्ष महतोलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
