काठमाडौं । राष्ट्रिय सभाकाे बैठक आज बस्दैछ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान १०:०१ बजे बस्ने बैठकमा विनियोजन विधेयक, २०८० माथि मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ ।
बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विनियोजन विधेयक अन्तर्गत विभिन्न शीर्षकहरुमा प्रस्तुत खर्च कटौती सबन्धी प्रस्तावलाई बैठकमा निर्णयार्थ प्रस्तुत गर्नुहुने कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
त्यसपछि अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८० लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची पनि थियाे ।
यसअघि बुधबार बिहान ११:१ बजे बस्नेगरी ताेकिएकाे बैठक विशेष कारण देखाउँदै बिहीबार बिहानसम्मका लागि सूचना टाँसेर स्थगित गरिएकाे थियाे ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालकाे निधनका कारण बैठक सारिएकाे हाे । दाहालकाे बुधबार बिहान उपचारका क्रममा निधन भएकाे थियाे ।
