काठमाडाैं । खेलकुदमन्त्री डिग बहादुर लिम्बुले खेल क्षेत्रको पूर्वाधार निर्माण गर्न छुट्टै इकाई गठन गर्ने योजना रहेको बताउनुभएको छ ।
बिहीबार बसेकाे राष्ट्रिय सभा बैठकमा आर्थिक वर्ष २०८०-०८१ को बजेटमाथिको छलफलमा उठेका प्रश्नकाे जवाफ दिँदै मन्त्री लिम्बुले पूर्वाधारको क्षेत्रमा मन्त्रालयको पूँजीगत खर्च ९ प्रतिशत मात्रै देखिएकाले आगामी दिनमा खेल क्षेत्रको पूर्वाधार निर्माण गर्न छुट्टै इकाई गठन गर्ने योजना रहेको बताउनुभयाे ।
१ वर्षभित्र साहसिक पर्वतीय खेलकुद प्रतियोगिता आयोजना गरेर पर्यटन क्षेत्रको विकास गर्ने प्रतिबद्धता उहाँले जनाउनुभयाे । क्रिकेटको सफलतालाई मध्यनजर गर्दै कीर्तिपुर, मुलपानी र विराटनगर र नारायणी रंगशालालाई सुविधासम्पन्न बनाएर १२ महिना नै अन्तर्राष्ट्रिय खेल खेल्ने वातावरण निर्माण गर्ने मन्त्री लिम्बुले बताउनुभयो ।
राष्ट्रिय खेलाडीहरुको जीवन बीमा गरेर ढुक्कसँग खेल खेल्ने अवसर प्रदान गर्ने दाबी पनि उहाँले गर्नुभयाे १५ वर्षमुनीका बालबालिकाहरुलाई विद्यालयस्तरबाटै खेलका माध्यमबाट विकास गर्न आगामी आर्थिक वर्षको बजेटका आवश्यक व्यवस्था गरिएको जानकारी दिनुभयो ।
