काठमाडौं । विनियाेजन विधेयक, २०८० राष्ट्रिय सभाबाट पारित भएकाे छ ।
बिहीबार बसेको राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियाेजन विधेयक, २०८० लाई पारित गरियाेस् भन्ने प्रस्ताव बहुमतले पारित गरेकाे हाे ।
बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले साे विधेयकलाई पारित गरियाेस् भनि प्रस्ताव प्रस्तुत गर्नुभएकाे थियाे । साे प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ध्वनी मतका आधारमा विधेयक बहुमतले पारित गरेकाे घाेषणा गर्नुभयाे ।
त्यसअघि साे विधेयकमाथि प्राप्त संशाेधनहरु बहुमतले अस्वीकृत भएका थिए । विधेयक पारित गरेपछि आजै १५ मिनेटपछि बस्नेगरी बैठक स्थगित गरिएकाे छ ।
प्रतिनिधि सभाबाट साे विधेयक असार १३ गते पारित भएकाे थियाे ।
