काठमाडाैं । राष्ट्रिय सभाकाे बैठक आज बस्दैछ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११:१६ बजे बस्ने बैठकमा बजेटका पूरक विधेयकहरु पारित गरिने सम्भावित कार्यसूची छ ।
बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक २०८० र राष्ट्र ऋण उठाउने विधेयक २०८० माथिकाे दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
त्यसपछि उहाँले क्रमश ती दुवै विधेयक पारित गरियाेस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
बिहीबार बसेकाे राष्ट्रिय सभाकाे पहिलाे बैठकले बजेटकाे मुख्य विधेयक विनियोजन विधेयक, २०८० बहुमतले पारित गरेकाे थियाे । दुई पूरक विधेयक आज पारित भएपछि मात्र बजेट साउन १ गतेदेखि कार्यान्वयनमा जानेछ ।
प्रतिनिधि सभाबाट बजेटका दुई पूरक विधेयक असार १७ गते र मुख्य विधेयक विनियाेजन विधेयक असार १३ गते पारित भइसकेका छन् ।
