काठमाडौं । नेपाली कांग्रेसका सांसद् डा. सुनिल शर्माले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ स्टन्टबाज भएको बताउनुभएकाे छ ।
शुक्रबार बसेकाे प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद् शर्माले जनताका पीडामा सरकारकाे ध्यान नगएकाे बताउनुभयाे । 'अहिलेको सरकारका गृहमन्त्री पनि कस्तो स्टण्टबाज हुनुहन्छ, अर्थमन्त्री त अमेरिकामा पढेर आउनुभएको, यत्रो महामारी छ, किसानहरुको गाईवस्तु मरिरहेका छन्, अलिकति राहत घोषणा गर्ने कुरामा ढिलाइ नगरी २४ घण्टाभित्र राहत घोषणा गरिदिए कस्तो होला ?'- उहाँकाे प्रश्न छ ।
चुनाव सकिएकाे ८ महिना भइसक्दा पनि सरकारले सुकुम्बासीलाई धनीपूर्जा वितरण गर्न नसकेकाे भन्दै सांसद् शर्माले कति महिनामा कति वर्षमा हुन्छ भन्ने कुरा जानकारी भए गाउँमा जाँदा जनतालाई बुझाउन सकिने भन्दै टिप्पणी समेत गर्नुभयाे ।
