काठमाडाैं । राष्ट्रिय सभाकाे बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।
साउन १ गते दिउँसो १:०१ बजेका लागि तय भएको राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको संघीय संसद् सचिवालयले सूचनामार्फत जानकारी दिएकाे छ । सोमबारका लागि तय भएको बैठक विशेष कारणवश निर्धारित समयमा बस्न नसक्न्ने भएकाले अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएकाे सूचनामा उल्लेख छ ।
