काठमाडाैं । नेपाल विश्वविद्यालय विधेयक, २०८० प्रतिनिधि सभाबाट स्वीकृत भएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभाकाे दाेस्राे बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस् भनि प्रस्तुत गर्नुभएकाे प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएकाे हाे ।
साे प्रस्तावमाथिकाे छलफलमा सांसदहरू रघुजी पन्त, अर्जुननरसिंह केसी, प्रेम सुवाल, गगन थापा, दवेन्द्र पौडेल, विद्या भट्टराई, ज्ञानु बस्नेत सुवेदी, शिशिर खनाल, राजेन्द्रप्रसाद लिङ्देन, अमृतलाल राजवंशी, सरिता भुसाल, ठाकुरप्रसाद गैरे लगायतले भाग लिनुभएकाे थियाे ।
साे विधेयक राष्ट्रिय सभाबाट असार १८ गते पारित भइसकेकाे छ ।
