काठमाडाैं । राष्ट्रिय सभा बैठक साउन ४ गते बस्ने भएकाे छ ।
असार ३१ गते विशेष कारणले अनिश्चितकालका लागि स्थगित भएको बैठक साउन ४ गते दिउँसो १ः०१ मिनेटका लागि तय भएको संघीय संसद् सचिवालयले मंगलबार सूचनामार्फत जानकारी दिएकाे छ ।
यसअघि असार ३१ गते बस्ने भनिएकाे बैठक अर्काे सूचना जारी नभएसम्मका लागि स्थगित गरिएकाे भन्दै संसद् सचिवालयले सूचना टाँसेर स्थगित गरेकाे थियाे ।
